नियम १२
क्षतिपूर्तिको जानकारी दिने
(१) ऐनको दफा १८ को उपदफा (१) बमोजिम पीडितले क्षतिपूर्ति प्राप्त गर्ने अवस्थामा त्यस्तो क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियाका सम्बन्धमा पीडितले जानकारी लिन चाहेमा सो को लागि अभियोजन गर्ने अधिकारी समक्ष अनुसूची- १२ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) ऐनको दफा १८ को उपदफा (२) बमोजिम पीडितको तर्फबाट अभियोजन गर्ने अधिकारीलाई क्षतिपूर्ति सम्बन्धी कारबाही चलाउने अधिकार भएकोमा त्यस्तो कारबाही चलाउनको लागि पीडितले अभियोजन गर्ने अधिकारी वा निकायसमक्षअनुसूची-१२बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिम जानकारी माग गरेकोमा त्यस्तो प्रक्रियाको जानकारी र उपनियम (२) बमोजिम क्षतिपूर्तिको लागि कारबाही चलाउनको लागि निवेदन दिएकोमा त्यस्तो कारबाहीको जानकारी अभियोजन गर्ने अधिकारीले पीडितलाई अनुसूची-१३ बमोजिमको ढाँचामा दिनु पर्नेछ।